← समाचारमा फर्कनुस्
Top Headlines Jun 28, 2023 · Shishir

गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

पोखरा । गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता–२०८० मंगलबार पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा ७० केजी भन्दा माथिको प्रतिस्पर्धामा पुरुषतर्फ सागर नेपाली बिजयी भए । उनले सुदर्शन गुरुङलाई पराजित गरे । त्यस्तै ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गर्दा ५९ केजी तौलमा तेन्जी रब्सनले डेनियल गुरुङलाई पराजित गरे ।

त्यस्तै पुरुष ५४ केजी तौलमा दिपेश गुरुङले अनिश मगरलाई पराजित गरे भने महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुले जनही रु नगद १० हजार र उपविजेता खेलाडीहरुले जनही नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य–सचिव श्रीधर शर्मा, नेपाल मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपती, संघका केन्द्रिय उपाध्यक्ष दिपकबहादुर गोदार, सिनियर मुवाँथाई खेलाडी सुवास खड्का, खेल पत्रकार केशव पाठकलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा मुवाँथाई सिनियर रेफ्री भुपेश शाक्यले जुरीको भूमिका निर्वाह गरेका थिए भने मुख्य रेफ्रिमा सञ्जय राई रहेका थिए । त्यस्तै अन्य रेफ्रिहरुमा सरोज पौडेल, दिल तामाङ, सतिश लिम्वु, जिवन गुरुङ, उत्तम गुरुङ र विकास गुरुङ रहेका थिए ।

यस अघि मुवाँथाई खेलको रेफ्रिहरुलाई दुई दिने प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा २० जना भन्दा बढिले सहभागिता जनाएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →