← समाचारमा फर्कनुस्
Top Headlines Aug 06, 2023 · Shishir

हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई

हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई

काठमाडौंमा सम्पन्न पहिलो 'हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जितेको छ । फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो । 

विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ । रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए । 

उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान  ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।

प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।

हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →