← समाचारमा फर्कनुस्
Top Headlines Aug 09, 2023 · Nepalsports

एनएमबी–कपअन यू १४ फुटबल सुरु

एनएमबी–कपअन यू १४ फुटबल सुरु

श्रावण २४ गते बुधबारएनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा बुधबार सुरु भएको छ । पहिलो दिन शतप्रतिशत जित हािसल गर्दै चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) क्वाटरफाइनल प्रवेश गरेका छन् ।

समूह ‘सी’ मा रहेको चेल्सीले चाँदबागलाई ५–०, दोस्रो खेलमा रिब्स (बी) लाई ५–० र अन्तिम खेलमा त्रिज्योतीलाई १–० ले हराएर नौ अंक जोड्दै शीर्ष स्थानमा कब्जा गरेर अन्तिम आठमा स्थान पक्का गरेको हो । त्रिज्योतीले ६ अंक र रिब्सले ३ अंक जोडे भने चाँदबाग अंकविहिन रह्यो ।

रिब्स (ए टिम) ले ग्यलेक्सीलाई ५–० र फेरिल्यान्डलाई ४–१ ले पराजित गर्दै तीन टिम रहेको समूह ‘डी’ मा शीर्षस्थान कब्जा गरी क्वाटरफाइनल यात्रा तय गरेको हो । ग्यालेक्सीले फेरिल्यान्डलाई २–१ ले पन्छाउँदै समूहमा दोस्रो स्थानमा हासिल गर्‍यो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मछिन्द्र क्लबका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कुल २९ स्कुलका ३० टिम सहभागि प्रतियोगितामा जोसेफ,  बालविकास, जुगल र काष्ठमण्डप समूह ‘ए’ मा रहेका छन् । लिम्पिया, इम्पेरियल, साम्तेन र लिभिङ वर्ल्ड समूह ‘बी’ मा छन् भने एकलव्य, माउन्ट ग्लोरी, लर्ड्स लाइट र हाइली क्रिएटिभले समूह ‘ई’ मा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, बोधिसदन, टाइमलाइन्स, न्याम्स र मनकामना स्कुल समूह ‘एफ’ मा छन् भने बृहस्पति विद्यासदन, ब्रम्ह कुन्ज, बालबाटिका र नेपालय समूह ‘जी’ मा तथा नेइबरउड, वेदव्यास र रिलायन्स रहेका छन् ।

समूह चरणको प्रतिस्पर्धा बिहीबार टुंगिने छ । आठ समूहमा शीर्ष स्थानमा रहने आठ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल शुक्रबार हुने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →