← समाचारमा फर्कनुस्
Top Headlines Jun 28, 2023 · Shishir

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

काठमाडौं, असार १३ गते । हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ ।

नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । खेल कोटेश्वरस्थित आयोजक हिमालयकै हातामा हुनेछ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ ।

सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →