← समाचारमा फर्कनुस्
Football Jul 23, 2023 · Shishir

फिफा विश्वकप; स्विडेनको जित

फिफा विश्वकप; स्विडेनको जित

काठमाडौं – जारि फिफा महिला विश्वकपअन्तर्गत आइतबारको खेलमा स्विडेन जित निकालेको छ।

विलिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २-१ को पुनरागमन जित निकालेको हो।

खेलको पहिलो हाफ गोलरहित भए पनि ४८ औं मिनेटमा हिल्दाह मगाइदाले अग्रता बनाएकी थिइन्। आजको खेलमा मात्र नभएर समग्र अफ्रिकन देशले नै जारी विश्वकपमा गरेको यो पहिलो गोल थियो। यसअघि हाइटी र नाइजेरियाले गोल गर्न सकेका थिएनन्।

तर खेलको ६५ औं मिनेटमा प्रिदोलिना र अन्तिम मिनेटमा अमान्डा इलेस्टेडले गोल फर्काउँदै स्विडेनलाई जित दिलाएका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →