← समाचारमा फर्कनुस्
Football Jul 21, 2023 · Shishir

फिफा महिला विश्वकपमा नाइजेरिया र क्यानडाको बराबरी

फिफा महिला विश्वकपमा नाइजेरिया र क्यानडाको बराबरी

काठमाडौं – फिफा महिला विश्वकपको दोस्रो दिनको पहिलो खेलमा अफ्रिकन च्याम्पियन नाइजेरियाले उत्तर अमेरीकी टिम क्यानडासँग गोलरहित बराबरी खेलेको छ।

मेलबर्नको रेक्टेन्गुलर रंगशालामा सम्पन्न भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि समूह बीको यो खेल गोलरहित बराबरीमा रोकिएको हो।

खेलको इन्ज्युरी समयको आठौं मिनेटमा नाइजेपरियाकी देवरह अजिबोलाले क्यानडाकी खेलाडीमाथि फाउल गरेपछि उनले रातो कार्डको सजाय पाएकी थिएन्। सुरुमा पहेंलो कार्ड देखाइएको भए पनि रेफ्रीले भीएआरको रिभ्यू हेरेपछि रातो कार्ड देखाएका थिए।

शुक्रबारको पहिलो खेल बराबरी भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका छन्। यो खेलसँगै नाइजेरियाले विश्वकपमा तीन भेटमा क्यानडासँग कहिल्यै हार बेहोरेको छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →