← समाचारमा फर्कनुस्
Top Headlines Jul 27, 2023 · Shishir

टर्च ¥यालीमा दीपक सहभागी हुने

टर्च ¥यालीमा दीपक सहभागी हुने

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च ¥यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।

सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च ¥यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।
‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ ।

१६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो । सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च ¥यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ ।’

टर्च ¥यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →