← समाचारमा फर्कनुस्
Top Headlines Sep 18, 2023 · Nepalsports

स्कुल टु ओलम्पिकको प्रशंसा

स्कुल टु ओलम्पिकको प्रशंसा

नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको स्कुल टु ओलम्पिक (School to Olympic )कार्यक्रमलाई तेस्रो वल्र्ड  वर्ल्ड ओलम्पियन्स फोरमका  ( 3'rd world Olympians forum ) सहभागीले उच्च प्रशंसा गरेका छन्  । 

टर्कीको इस्तानबुलमा  गत शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले  प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका  अध्यक्ष दीपक विष्टले बताएका छन् । फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए । 

हामीले संघले पछिल्लो दुई वर्षमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायत अन्य  कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो, विष्टले भने, त्यसमा  स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको तथा थप प्रेरणा मिलेको छ । हामीले सहि कामको सुरुवात गरेको महसुस गरेका छौं । 

देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भने, हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको छौं,  त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं । 

फोरममा  विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका  प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए । सहभागीलाई नेपाल  भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाए  ।  वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरुको संघको उच्च मुल्याङकन गदै तारिफ गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन नियन्त्रणा सहीत उनलाई मायाको चिनोको रुपमा संघकोतर्फबाट मयुर अंकित काठको आखीझ्याल हस्तान्तरण गरेको बताए ।वर्ल्ड ओलम्पियन संघ का अध्यक्ष ले समय मिलाएर नेपाल आउने वाचा समेत गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →