← समाचारमा फर्कनुस्
Top Headlines Aug 03, 2023 · Shishir

नेपाल पहिलोपटक विश्व साइक्लिङमा

नेपाल पहिलोपटक विश्व साइक्लिङमा

काठमाडौं, साउन १८ गते ।नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने   छन् । दुवै १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।

व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →