← समाचारमा फर्कनुस्
Top Headlines Aug 01, 2023 · Shishir

भेलोसिटि पम्प फेस्ट शनिबार हुने

भेलोसिटि पम्प फेस्ट शनिबार हुने

काठमाडौ- स्विचव्याक नेपाल र हिमालयन सिंगल ट्र्याकको आयोजनामा यहि साउन २० गते भेलोसिटि पम्प फेस्ट आयोजना हुने भएको छ।

एकदिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टरहरु महिला तथा पुरुषले सहभागिता जनाउने छन्।

प्रत्येक बिधामा तिन शिर्ष विजेतालाई प्रायोजकले पुरस्क्रित गर्ने आयोजकले जानकारि दिएको छ। त्यस्तै एलिटतर्फको विजेता खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगितालाई क्यालिबर जुत्ता, गोर्खा फाइनान्स तथा स्थानिय बाइक सपहरुले प्रायोजक गरेको छ भने जायन्ट मुख्य प्रायोजकका रुपमा रहेको छ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५० हजार अनुमानित बजेट रहेको जानकारि दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →