← समाचारमा फर्कनुस्
हेटौंडा साइकल रन प्रतियोगिताको उपाधी पुजन मगरलाई

काठमाडौ- खुल्ला हेटौंडा साइकल रन प्रतियोगिताको उपाधी पुजन मगरले जितेका छन् । शनिबार बिहान भएको प्रतियोगितामा ३८ मिनेट १९.३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै मगरले उपाधी जितेको हो ।
उपाधीसँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
यस्तै ३८ मिनेट १९.७७ सेकेन्डमा दुरी पार गर्दै आशिष थापा मगर द्वितीय र ३९ मिनेट ३८.२३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीय भएकाले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, हटिया र कमाने हुँदै पुनः हुप्रचौरमा आएर प्रतियोगिता समापन भएको थियो । प्रतियोगितामा ५० जनाको सहभागिता रहेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |