← समाचारमा फर्कनुस्
Top Headlines Jun 17, 2023 · Shishir

उज्जवल मेक्सिको प्रस्थान

उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् ।

नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र १ कांस्य पदक जितेका छन् ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) को आयोजनामा हुने प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ ।

उनलाई सफलताको शुभकामना दिदै चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, तेक्वान्दो प्रशिक्षक सुवास तामाङलगायतले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →