← समाचारमा फर्कनुस्
काभा भलिबलमा आज चार खेल, नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौ- जारि एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज चार खेल हुदैछन्।
पहिलो खेलमा भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । भारत पहिलो खेलमा विजयी हुदा कीरिगिस्तान पराजित भएको थियो।
दोस्रो खेलमा श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे हुनेछ।
तेस्रो खेलमा नेपालले बंगलादेशसंग खेल्दैछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेल जितेमा अन्तिम खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाउने छ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
आज हुने अन्तिम खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ ।
काजस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |