← समाचारमा फर्कनुस्
Volleyball Jun 25, 2023 · Shishir

जितविहिन नेपालले आज काभाको अन्तिम खेलमा उज्वेकिस्तानसंग खेल्दै

जितविहिन नेपालले आज काभाको अन्तिम खेलमा उज्वेकिस्तानसंग खेल्दै

काठमाडौ- जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबलमा जितविहिन रहेको नेपालले आफ्नो अन्तिन खेलमा आज उज्वेकिस्तानसंग खेल्दैछ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल यसअघि मंगोलिया, किर्गिस्तानको ‘बी’ ,किर्गिस्तान, तुर्किमिनिस्तान र इरानसँग पराजित भएको थियो।

सिंगल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →