← समाचारमा फर्कनुस्
बक्सिङ र एथलेटिक्सको तयारी निरीक्षण

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सदस्य–सचिव घिसिङले तयारी निरीक्षण गरेका हुन् ।
त्यस क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिदै खेलाडीलाई कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
यसअघि सदस्य–सचिव घिसिङले असार ६ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एसियाडको तयारी प्रशिक्षणमा रहेका तेक्वान्दो, कराते र कुस्ती खेलको तयारी निरीक्षण गरेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |