← समाचारमा फर्कनुस्
Top Headlines Aug 06, 2023 · Shishir

पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिंग प्रतियोगिता भदौ २१ गतेदेखी

पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिंग प्रतियोगिता भदौ २१ गतेदेखी

पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिंग प्रतियोगिता भदौ तेस्रो साता आयोजना हुने भएको छ। ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २१ गतेदेखि शुरू हुने भएको हो। प्रतियोगिता गोदावरी नगरपालिका ११ प्याङ्गगाउँस्थित खेल मैदानमा सञ्चालन हुने छ। 

प्रतियोगितामा नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई, किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ।

आयोजकका अनुसार पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने छ। यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने छ।

प्रथम टिम च्याम्पियनले १ लाख र दोस्रो टिम च्याम्पियनलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ। यस्तै, तेस्रो टिम च्याम्पियनले २५ हजार प्राप्त गर्ने छन्।

पुरूष र महिलातर्फको उत्कृष्ट खेलाडीले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगिताको कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ अनुमानित रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →