← समाचारमा फर्कनुस्
बिच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

काठमाडौ- राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
पाल्पाको रानीमहलमा हुने यस प्रतियोगिताको सबै तयारि पुरा भएको आयोजकले जानकारि दिएको छ।
बैशाख २८ गतेदेखि ३० गतेसम्म हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस, बागमती प्रदेश, एपिएफ, आर्मी, पुलिस र सहआयोजक पाल्पा जिल्ला भलिबल संघको टोली सहभागी हुने आयोजकले जानकारि दिएको छ।
प्रतियोगिताको विजेताले एक लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेता टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रोले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा सानत्वना (चौथौ) स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |