अन्तर वडा फुटसलः वडा नं २७, १७, ३२ र ९ विजयी

काठमाडौँ, भदौ २९ गते ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ ले जित हात पारेका छन् ।
काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको चौथो दिन वडा नं २७ ले वडा नं १ लाई ५–१ ले सजिलै हरायो । विजयी टिमका लागि सिरज कंसाकारले दुई तथा विज्ञान शाही, रविन्द्र श्रेष्ठ र सलिल श्रेष्ठले एक–एक गोल गर्नुभयो । वडा नं १ का आसिस थापा मगरले गरेको गोल सान्त्वना मात्र बन्यो ।
अर्को खेमला वडा नं १७ ले वडा नं २५ लाई २–० ले पराजित गर्यो । वडा न १७ का लागि सुगन महर्जन र श्रृजन रजकले गोल गर्नुभयो । अन्य खेलमा वडा नं ९ ले वडा नं २० लाई ७–२ र वडा नं ३२ ले वडा नं ७ लाई २–१ ले हराए ।
शुक्रबार भएका चार खेलसँगै पहिलो चरण समाप्त भएको छ । शनिबार प्रिक्वाटरफाइनल सुरु हुनेछ । प्रिक्वाटरफाइनलअन्र्गत पहिलो खेलमा वडा नं १२ ले वडा नं ११, वडा नं २८ ले वडा नं १३, वडा न ं८ ले वडा नं २६ र वडा नं २ ले वडा नं १५ सगँ खेल्नेछन् ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |