← समाचारमा फर्कनुस्
Other Sports Apr 29, 2023 · Shishir

दोस्रो बागमती प्रदेश खेलकुद बैशाख अन्तिम साता हुने

दोस्रो बागमती प्रदेश खेलकुद बैशाख अन्तिम साता हुने

काठमाडौ- बागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बागमती प्रदेश खेलकुद प्रतियोगेता  बैशाख २९ देखि  जेठ ५ गतेसम्म आयोजना गर्ने भएको छ ।

पहिलो संस्करणको तुलनामा समावेश खेल संख्यम पनि बढाइएको सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए  । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला स्पर्धा गराइने भएको छ ।

अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा ८ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपल्ट पनि निरन्तरता दिइएको छ ।

प्रतियोगितामा १२०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को गरेको छ । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →