← समाचारमा फर्कनुस्
Top Headlines Jul 06, 2023 · Shishir

विश्व ब्याडमिन्टन दिवस मनाउदै काठमाडौं ब्याडमिन्टन एकेडेमी

विश्व ब्याडमिन्टन दिवस मनाउदै काठमाडौं ब्याडमिन्टन एकेडेमी

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर, नक्सालमा मनाएका छौं । अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका भने यस खेलका प्राविधिक शब्दावलीबारे पनि जानकारी लिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए ।

कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरिन् । काखे बालिकादेखि कक्षा १२ मा अध्ययनरतसम्मलाई बाल मन्दिरका प्रांगणमा देख्दा उहारूभावुक हुनुभयो । बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं ।’

काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भन्नुभयो, ‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण ग¥यो ।

बाल मन्दिरका बालिकाहरूलाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर १ महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको ¥याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएका थिए । यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाहरूको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले हालै अन्नपूर्ण र प्रधानमन्त्री कपको उपाधि जित्नुभएको थियो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →