← समाचारमा फर्कनुस्
पोखरा स्पोर्ट्स अवार्डमा सावित्रा र करण वर्षका उत्कृष्ट खेलाडी घोषित

काठमाडौ- सातौं पोखरा स्पोर्टस अवार्डद्वारा फुटबलर सावित्रा भण्डारी र क्रिकेटर करण केसी बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको समारोहकाबिच सावित्रा र केसीलाई आज यो अवार्डबाट सम्मान गरेको हो।
सावित्राले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै यो अवार्ड जितेकी हुन्। त्यस्तै केसीले आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कालाई पछि पार्दै यो अवार्ड जितेकी हुन्।
त्यस्तै उदीयमान खेलाडी अवार्ड क्रिकेटका सुवास भण्डारीले प्राप्त गरेका छन्। साथै लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |