महिला विश्वकप : डेब्यू गरेको आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकपमा विजयी शुरूआत गरेको छ।सिड्नीस्थित एकर रंगशालामा बिहीबार सम्पन्न खेलमा घरेलु टोली अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डमाथि १-० गोलअन्तरको जित हासिल गरेको हो।
महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५२औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेकी हुन्।
कोनी क्रसको पासलाई नियन्त्रण लिने प्रयास गर्दा आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा हेली रासोलाई लडाएकी थिइन्। त्यसपछि अस्ट्रेलियाले पेनाल्टीको अवसर पाएको थियो। अस्ट्रेलिया पछिल्लो समय शानदार लयमा रहेको छ। फेब्रुअरीमा भएको कप अफ नेसन्समा अस्ट्रेलिया अपराजित रह्यो। अप्रिलमा अस्ट्रेलियाले ३० खेलमा अविजित रहेको इंग्ल्यान्डमाथि जित हासिल गरेको थियो।
जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले तीन अंक जोडेको छ। बिहीबार नै सम्पन्न उद्घाटन खेलमा अर्को आयोजक न्यूजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ। घरेलु मैदान अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको हो। न्युजिल्यान्डको जितमा हन्ना विलिकिन्सनले निर्णायक गोल गरिन्।
उनले खेलको ४८औँ मिनेटमा गोल गरेकी थिइन्। शुक्रबार तीन खेल हुने छ। नाइजेरियाले क्यानडा, फिलिपिन्सले स्वीट्जरल्यान्ड तथा स्पेनले कोस्टारिकासँग खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |