← समाचारमा फर्कनुस्
Top Headlines Sep 24, 2023 · Shishir

एसियाली खेलकुदमा प्रदीपको विजयी सुरुआत

एसियाली खेलकुदमा प्रदीपको विजयी सुरुआत

असोज ६ गते । चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।

आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका    थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसंग ०–६ र १–६ ले चुकिन् ।

पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–२ र ६–३ ले चुके ।
सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →