← समाचारमा फर्कनुस्
Top Headlines Jun 30, 2023 · Shishir

अशोक अस्ट्रेलिया जाने

अशोक अस्ट्रेलिया जाने

नेपालका अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ ।

वल्र्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि टु इभेन्टका तीन प्रतियोगिता डब्लुटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नुहुनेछ ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसमम हुनेछ । अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नुहुनेछ । अशोक आइतबार अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ ।

अशोक इन्टरनेसनल पुम्से÷डान एक्जामिनर कोर्समा सहभागी हुन अस्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ । सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ ।

खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोकले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनि सक्नुभएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →