← समाचारमा फर्कनुस्
Top Headlines Sep 14, 2023 · Swadesh

१९ औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको बिदाइ

१९ औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको बिदाइ

काठमाडौं । आगामी असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको बिदाई गरिएको छ।

बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच खेलाडीहरुको बिदाई गरिएको छ।

बिदाई कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खेलकुदमन्त्री डिकबहादुर लिम्बु राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव र परिषदका सदस्य मन्त्रालय र परिषदका कर्मचारीहरू उपस्थित रहेको थियो।

बिदाइ तथा शुभकामना समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ।

नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिए बताएका छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →