← समाचारमा फर्कनुस्
Football Aug 14, 2023 · Shishir

डुरान्ड कपमा आर्मिले आज चेन्नाईसंग खेल्दै

डुरान्ड कपमा आर्मिले आज चेन्नाईसंग खेल्दै

भारतमा जारि डुरान्ड कपमा आज नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो खेलमा चेन्नाई एफसी विरुद्ध खेल्दैछ।

समूह ई मा रहेका यी टोलिबिचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरुहुनेछ ।

पहिलो खेलमा आर्मी दिल्लीसंग १-१ गोलको बराबरी रोकिएको थियो।

डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो।

यो डुरान्ड कपको १३२औँ संस्करण हो।

अन्तिम खेलमा आर्मिले हैदराबादसँग २२ अगस्टमा खेल्ने छ।

समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →