← समाचारमा फर्कनुस्
Top Headlines Jul 06, 2023 · Shishir

आर्मी च्याम्पियन

आर्मी च्याम्पियन

नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेको  छ । आर्मी पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।

नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । महिलामा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, १ रजत र ४ कांस्य हात पा¥यो ।

बूढानीलकण्ठस्थित गणेश माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको इन्टरनेसनल टेक्निकल अफिसियल (आईटीओ) पुस्कारराज पन्तले जनाएका छन् । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा ९ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार नगद पुरस्कार हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →