← समाचारमा फर्कनुस्
Volleyball Jul 09, 2023 · Shishir

पिएम कपः महिलातर्फ आर्मीलाई हराउदै एपिएफको विजयी सुरुवात

पिएम कपः महिलातर्फ आर्मीलाई हराउदै एपिएफको विजयी सुरुवात

काठमाडौ- जारि सातौ महिला तथा पुरुष पिएम क्लब भलिबल कपमा आज भएको खेलमा महिलातर्फ विभागीय डर्वीमा नेपाल एपिएफ क्लबले प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

लगातार सुरुवाती  दुई सेट गुमाएको आर्मीले शानदार कमब्याक गर्दै त्यसपछिका दुई सेट जितेर पाचौ सेटमा पुर्याए पनि अन्तिममा राम्रो प्रदर्शन गर्न नसक्दा पराजीत हुन पुग्यो।


त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा एपिएफले आर्मीलाई ३-२ को सेटमा पराजीत गरेको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एपिएफले आर्मीलाई एक्स्ट्रा सेटमा २८ः३० ले पराजीत गरेको थियो।


 त्यसपछि दोस्रो सेटमा हावी बनेको  एपिएफले आर्मीलाई २५ः२३ ले जितेको थियो।

तेस्रो सेटमा सुरुवाती १२ः४ को स्थीतिमा रहेको एपिएफले त्यसलाई जोगाउन नसक्दा २०ः२५ अंकले खेल गुमाउदै ३-० को सेट जित्ने मौका गुमाउन पुग्यो।


चौथो सेटमा आर्मीले कमब्याक गर्दै एपिएफविरुद्ध २५ः१९ को सेटमा जित निकाल्दै २-२ को अवस्थामा पुर्यायो।

अन्तिम सेटमा एपिएफले राम्रो प्रदर्शन गर्दै  (१५ः६) ले खेल आफ्नो पक्षमा पार्यो।

यो जितसंगै एपिएफले दुईअंक जोड्दा आर्मीले एकअंकमा चित्त बुझाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →