एपिएफसँग न्यु डायमन्ड पराजित

काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विभागिय टोली एपिएफ क्लबसँग पराजित भएको छ ।
बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा न्यू डायमन्ड एपिएफ क्लबसँग ३-० को सोझो सेटमा पराजित गरेको हो ।
न्यु डायमन्डले पहिलो सेट १९-२५ ले गुमाएको थियो भने, दोस्रो सेट १८-२५ र तेस्रो सेट १२-२५ ले गुमाएको थियो ।
यो हारसँगै न्यु डायमन्डको फाइनल प्रवेशको सम्भावना कमजोर बनेको छ ।
यता विजयी एपिएफ यस प्रतियोगिताको फाइनलमा प्रवेशको सम्भावना कायम रहेको छ ।
पाँचौं खेलमा एपिएफको यो चौथो जित हो । डायमन्ड भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।
बुधबार एपीएफलाई पराजित गरि नेपाल पुलिस क्लबले एक खेल अगावै फाइनलमा स्थान बनाई सकेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |