एन्फाको विरोध गर्दै दशरथ रंगशालामा फुटबल समर्थकको प्रदर्शन

काठमाडौँ- एएफसी यू–२३ एसिया कप छनोटमा नेपाली टिम सहभागी नगराउने निर्णयपछि समर्थकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्व प्रदर्शन गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक 'ए' डिभिजन लिगको खेल हेर्न उपस्थिति समर्थकहरूले एन्फाविरूद्व प्रदर्शन गरेका हुन्। उनीहरूले मछिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबबीचको खेल चलिरहँदा 'प्लाकार्ड'सहित प्रदर्शन गरे।
अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि हुने छनोट प्रतियोगिता खेल्ने ४२ देशको नाम दक्षिण एशियाली फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको थियो।
उक्त सूचीमा नेपालको नाम छैन। एएफसीले बिहीबार समूह विभाजन गर्दै छ। नेपालले दुई वर्षअघि उज्वकिस्तानमा भएको छनोट भने खेलेको थियो।
यस विषयमा जिज्ञासा राख्दा एन्फा महासचिव किरण राई र प्रवक्ता सुरेश शाहले छनोट खेल्न जान १ करोडभन्दा बढी खर्च हुने र एन्फासँग बजेट नभएको बताएका थिए। एन्फा अहिले आर्थिक संकटमा रहेको कारण छनोट खेल्नका लागि नाम दर्ता नगरेको उनीहरूले जानकारी दिएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |