← समाचारमा फर्कनुस्
Top Headlines May 26, 2023 · Shishir

एन्फाले दिनुपर्ने रकम भुक्तानी नगरेकोमा ए डिभिजन क्लबहरुको गुनासो

एन्फाले दिनुपर्ने रकम भुक्तानी नगरेकोमा ए डिभिजन क्लबहरुको गुनासो

काठमाडौ- शहिद स्मारक ए डिभिजन लिगका ११ क्लबहरुले अखिल नेपाल फुटबल संघ(एन्फा) ले सम्झौताअनुसार २१औं चरणको खेलहरु सुरु हुँदा पनि रकम भुक्तानी नगरेको गुनासो गरेका छन्।

पत्रकार सम्मेलन गर्दै ए डिभिजन क्ल्बहरुले एन्फाले तीन किस्ता गरेर लिगको तयारि खर्च एन्फाले क्लबहरुलाई ३२ लाख ५० हजार दिनु पर्नेमा पहिलो किस्ताको १५ लाख भन्दा नदिएको क्लबहरुको गुनासो गरेका छन्।

यस्तै, एन्फाले खेलाडीहरुको म्याच फी पनि पाँचौँ चरण सम्मको दिएको र त्यसपछि पटक पटक ज्ञापन पत्र बुझाउँदा एक हप्ताको भाका राखेको एन्फाले ४ महिना बित्दा पनि वास्ता नगरेको उनीहरुको गुनासो छ ।

खेलाडीहरुलाई पैसा दिनुसाटो एन्फा कार्यसमिती आफ्ना पदाधिकारी रिझाउने, विदेश घुमाउने र कार्यसमितीमा कसरि बहुमत पुर्याउनेमै तल्लिन रहेको ए डिभिजन क्लबहरुले आरोप लगाएका छन् ।

यस्तै हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा व्यवस्थापनको कमजोरीका कारण क्लबहरुले यस किसिमको समस्या भोग्नु परेको बताए । उनले एन्फा पदाधिकारीहरुमा फुटबलको विकासभन्दा पनि विदेशी मोहमात्र देखिएकाले क्लबहरु समस्यामा परेको बताए । 

अध्यक्ष शेर्पाले नेपालीको लोकप्रिय खेल फुटबल सुन सरह भए पनि एन्फाको कमजोर व्यवस्थापनले बेच्न नसकेको आरोपसमेत लगाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →