← समाचारमा फर्कनुस्
Top Headlines Jul 13, 2023 · Shishir

अखिल नेपाल कबड्डी सङ्घमा थापा

अखिल नेपाल कबड्डी सङ्घमा थापा

अखिल नेपाल कबड्डी सङ्घको आज यहाँ सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी निर्वाचित हुनुभएको छ । 

सङ्घको यस अधिवेशनमा देशका विभिन्न ४२ जिल्लाका प्रतिनिधि सहभागी रहेका सङ्घको आयोजक समितिले जानकारी दिएको छ । यसैगरी नवनिर्वाचित कार्यसमितिको आजै बसेको पहिलो बैठकले एक वर्षभित्र कबड्डी लिग टुर्नामेन्ट सुरू गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, १९औँ एशियन खेलमा महिला कबड्डीलाई तत्काल वैदेशिक प्रशिक्षकको व्यवस्था मिलाउने, यस खेलसम्बन्धी तालिम दिने, महिला सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिइने निर्णय गरेको छ ।

यसैगरी सो कार्यसमिति बैठकले विसं २०३७ देखि २०८० सम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी पदकधारी खेलाडीलाई केही समयभित्रै नगदसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →