← समाचारमा फर्कनुस्
Volleyball Apr 09, 2023 · Nepalsports

हेटौंडामा पाँचौ उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

हेटौंडामा पाँचौ उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौ- यही चैत्र २७ गतेबाट हेटौंडामा पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको छ ।

प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।

प्रतियोगिता हेटौंडा १२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा हुनेछ।

प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाबाट महिला र पुरुषको एक/एक टिमले सहभागिता जनाउने संयोजक रुपाखेतीले बताए । उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।


सम्बन्धित वडाको बासिन्दाले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →