← समाचारमा फर्कनुस्
Volleyball Jan 10, 2026 · Swadesh

पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

काठमाडौं। विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायन्डले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायन्डले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो।


पहिलो र दोस्रो सेटमा न्यु डायन्डले २५–२२ र २५–१८ ले जितेको थियो। तेस्रो सेट भने १५–२५ ले गुमायो। उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो।


तर, न्यु डायन्डले पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्‍यो।


उपाधिसँगै न्यु डायमन्डले ५ लाख पायो भने उपविजेता पुलिसले २ लाख ५० हजार पायो। तेस्रो एपीएफले १ लाख २५ हजार पाउँदा चौथो भएको आर्मीले ६५ हजार पायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →