← समाचारमा फर्कनुस्
पुलिस, एपीएफ र आर्मीको विजयी सुरुवात

आजबाट सुरु भएको सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्।
पुलिसले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो। पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो। २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो। अन्तिम तथा निर्णाक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले जितेको हो।
त्यस्तै आर्मी क्लबले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जीत निकालेको हो।
एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |