← समाचारमा फर्कनुस्
Volleyball Jan 29, 2026 · Swadesh

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।


जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। ५ खेलबाट पुलिसले १० अंक जोडेको छ। समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन्। 


गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन्। कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →