अन्तिम आठको समीकरण पूरा

युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको समीकरण बुधबार पूरा भएको छ र त्यसमा दुई इंग्लिस क्लबको चुनौती मात्र बाँकी रहेको छ । अब अन्तिम आठमा स्पोर्टिङ लिस्वन र आर्सनल, रियल म्याड्रिड र बायर्न म्युनिक, बार्सिलोना र एटलेटिको म्याड्रिड तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिभरपुल भिड्ने भएका छन् ।
आर्सनलपछि लिभरपुलले भने अबको चरण खेल्ने भएको हो र यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर समग्रमा ४–१ को जित निकाल्न सफल रह्यो । उसले गालातासारेलाई एनफिल्डमा सजिलै ४–० ले पराजित गरेको हो । त्यसमा डोमिनिक सबोसलाई, ह्युगो एकिटिके, रायन ग्रेभेनवेर्च र मोहमद सलाहले गोल गरे ।
तर टोटनहम र न्युकासल युनाइटेड भने प्रतियोगिताबाट बाहिरिएका छन् । टोटनहमले बुधबार अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलेटिको म्याड्रिडलाई ३–२ ले हराए पनि समग्रमा ७–५ ले पछाडि रह्यो । टोटनहमका लागि त्यस खेलमा जाभी सिमोन्सले दुई गोल गरे, तर त्यो पर्याप्त रहेन् । बार्सिलोनाले न्युकासल युनाइटेडमाथि ७–२ को जित निकाल्यो ।
यसक्रममा उसले समग्रमा ८–३ को निर्णायक अग्रता लिन सफल रह्यो । बार्सिलोनाका लागि राफिन्हा, लामिन यामल र रोबर्ट लेवनडोस्कीले दुई दुई गोल गरे । बायर्न म्युनिकले भने एटलान्टामाथि ४–१ को जित निकाल्दै समग्रमा १०–२ को ठूलो अग्रता लिएको हो । प्रतियोगितामा स्पेनी ला लिगाका तीन, इंग्लिस प्रिमियर लिगका दुई तथा जर्मन बुंडेसलिगा, फ्रान्सेली लिग वान र पोर्चुगाली प्रिमेरा लिगका एक एक टिमले अबको चरण खेल्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women