← समाचारमा फर्कनुस्
Football Jul 16, 2023 · Shishir

यु-१६ लिग : पहिलो चरणका ५ खेल सम्पन्न

यु-१६ लिग : पहिलो चरणका ५ खेल सम्पन्न

काठमाडौं । गत शुक्रबार बाट सुरु भएको यू-१६ लिग फुटबल प्रतियोगिताको पहिलो चरणका ५ खेल सम्पन्न भएको छ । 

नेपालि घरेलु फुटबल इतिहासमै पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको यस प्रतियोगिता ३ विभागिय टिमसहित ए डिभिजन लिगका १० क्लब रहेका छन् । 

शुक्रबार एन्फा मुख्यालय सातदोबाटोमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लब यू-१६ ले मनाङ मर्स्याङदी यू-१६ क्लबलाई २-१ गोलले पराजित गरेको थियो । 

यस्तै शनिबार एन्फा मुख्यालय सातदोबाटोमा भएका खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गरेको छ । 

शनिबार च्यासल रंगशालामा भएको पहिलो खेलमा एपिएफ क्लबले संकटा क्लबलाई २-१ गोलले पराजित गरेको थियो । खेलमा १-० गोलले पछि परोको अबस्थामा एपिएफले  २-१ गोलको पूनरागम जित निकालेको हो । 

च्यासल रंगशालामै शनिबार भएको दोस्रो खेलमा एफसी खुमलटारलाई मछिन्द्र क्ललबे १-६ गोलले पराजित गरेको थियो भने पहिलो चरणको अन्तिम खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई न्युरो टिम एनआरटीले १-५ गोलको फराकिलो अन्तरले पराजित गर्दै एनआनरटीले शानदार सुरुवात गरेको छ । यो खेल सल्लाघारी भक्तपुरमा भएको थियो ।

 

अब दोस्रो चरणका खेलहरु आगामी बिहिबार बाट सुरु हुने छन् । बिहिबार एक खेल र शुक्रबार ४ खेल हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →