TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 11, 2026 · Swadesh

सेमिफाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी स्पेन

सेमिफाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी स्पेन

विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने भएका छन् । स्पेनले शनिबार लस एन्जलसमा भएको क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराएको हो र यससँगै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

स्पेनका लागि मिकेल मेरिनोले दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गरे । युरोपेली च्याम्पियनले ३० औं मिनेटमा फाबिन रुइजको गोलले अग्रता लिएको थियो । पहिलो हाफको ४१ औं मिनेटमै चाल्सै डे केटेलेरले बेल्जियमका लागि बराबरी गोल गरे ।

प्रतियोगितामा स्पेनले खाएको यो नै पहिलो गोल रह्यो । खेलको ८८ औं मिनेटमा बेल्जियमका गोलरक्षक सेने लामेन्सको भुलमा मेरिनोले निर्णायक गोल गरे । हारले प्रतियोगिताको बेल्जिमयको चुनौती समाप्त भएको छ र घर फर्कनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →