Share on:

नेपाल खेलकुद पत्रकार हरुको क्षमता अभिबृद्धिका लागी दुईदिने खेलकुद पत्रकारीता तालिम
March 14th, 2026

खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र प्रेस रजिष्टारको कार्यालय गण्डकीप्रदेशको सहयोगमा आज देखी शुरु भएको तालिमको गण्डकी प्रदेशका पे्रस रजिष्टार एबं कार्यक्रमका प्रमुख अतिथि  विमला भण्डारीले उद्घाटन गरेकी छिन् ।


तालिमको उदघाटन गर्दै प्रमुख अतिथि भण्डारीले  खेलकुद पत्रकारीता तालिमका माध्यम बाट गण्डकी प्रदेशको खेल क्षेत्रमा भएका खेल गतिबिधि सहित समग्र खेलकुदको बिकासका लागी महत्वपूर्ण योगदान पुग्ने बताइन् । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालले कास्की जिल्लामा रहेर बिभिन्न सञ्चार मिडियामा कलम चलाउने पत्रकार हरुका लागी खेलकुद पत्रकारीता तालिमले अन्य समाचार संगै खेलकुद समाचार लेखन शैलीमा बलियो आधार बन्नेमा सहयोग पुग्ने धारणा राखे। 


सो अबसरमा मञ्चका अध्यक्ष एबं कार्यक्रका सभापति मान बहादुर घर्ति (एमवि आस्था) मगरले गण्डकी प्रदेशको पोखरा पछिल्लो समय खेलकुदको हव बन्दै गएकाले स्थानिय उदियमान खेलाडी देखी अन्तराष्ट्रिय खेलाडीले समेत पोखरमा बिभिनन बिद्यामा खेल्ने गरेकाले खेलाडी तथा खेल प्रशिक्षक एबं खेलप्रमी हरुको हौसला बढाउने र खेलकुद सम्बन्धि समाचार लेखन बृद्धिका लागी तालिमको आयोजना गरिएको धारणा राखे।


Swadesh Maharjan | March 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya