Share on:

सेमिफाइनलमै रोकिए जोकोभिच
July 12th, 2025

विम्बल्डन २०२५ को पुरुष एकलको फाइनल समीकरण पनि तयार भएको छ । अब आइतबार हुने उपाधि भिडन्तमा उत्रने छन्, यानिक सिनर र कार्लोस अल्कारेज । सिनरले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नोभाक जोकोभिचलाई सजिलै ६–३, ६–३ र ६–४ ले हराए ।

 यो यस्तो नतिजा रह्यो, जसले प्रस्ट पारेको छ, अब जोकोभिच त्यस्तो खेलाडी पक्कै रहेनन्, जस्तो उनी यसअघि थिए । सम्भवतः अब बढ्दो उमेरका कारण उनको कीर्तिमान ग्रान्ड स्लाम जित्ने अभियान पूरा हुने छैन् । साँच्चै त्यो पूरा हुने हो भने जोकोभिचले अद्धितीय खेल प्रदर्शन गर्नु पर्नेछ ।

सेमिफाइनलमा जोकोभिच जसरी रोकिए, त्यसले देखाएको छ, उनको खेलमा अब धेरै कमजोरी हुन थालेका छन् । पहिलो सेमिफाइनलमा भने अल्कारेजले टेलर फ्रिट्जलाई ६–४, ५–७, ६–३ र ७–६ (८/६) ले पराजित गरे । अबको केही वर्ष सम्भवतः विश्व टेनिसमा उच्च प्रदर्शनका लागि सिनर र अल्कारेजबीच प्रतिस्पर्धा चल्नेछ ।


Swadesh Maharjan | July 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya