← समाचारमा फर्कनुस्
Football Oct 16, 2026 · Swadesh

नेपाल फुटबल लिग (एनएफएल) को घोषणा

नेपाल फुटबल लिग (एनएफएल) को घोषणा

नेपाल फुटबल लिग (एनएफल) को रूपमा शुक्रबार नयाँ फ्रेन्चाइज लिगको घोषणा गरिएको छ र यो फागुन १ बाट सुरु हुनेछ । ‘नयाँ युगको सुरुआत’ सँगै सुरु हुन लागेको प्रतियोगितामा सहभागी हुने सात टिमको नाम पनि घोषणा गरिएको छ ।

ती टिममा ललितपुर सिटी एफसी काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी रहेका छन् । प्रतियोगितामा सहभागी हुनेको संख्या दस पुग्न सक्नेछ र अन्य टिमको घोषणा पछि गरिनेछ ।

यसअघिको नेपाल सुपर लिग (एनएसएल) घोषणा भएर पनि आयोजना हुन सकेको थिएन् । यही प्रतियोगितामा सहभागी हुने टिमले नै आफू मिलेर अब नयाँ लिग आयोजना गर्न लागेका हुन् । यस लिगका अहिलेका प्रमुखमा ललितपुर टिमकै कल्याण गुरुङ रहेका छन् ।

प्रतियोगिताका कमिसनर राजु घिसिङ रहेका छन् र उनका अनुसार प्रतिस्पर्धा चार महिनासम्म चल्ने छ र खेल होम एन्ड अवेका आधारमा हुने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →