काठमाडौँ। साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ।
श्रीलंकाकाे कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज साँझ ७:१५ बजेदेखि सुरु हुँदैछ।
नेपालले यसअघि आफ्नाे पहिलाे खेलमा घरेलु टाेली श्रीलंकालाई २-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेकाे थियाे।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन्। नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ।
त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]