इंग्लिस प्रिमियर लिग क्लबहरूले ‘ट्रान्सफर विन्डो’ बन्द हुन अगाडि मंगलबारसम्म खेलाडी किन्नमा कीर्तिमान तीन अरब पाउन्ड भन्दा बढी खर्चेका छन् । अगस्टको ३१ सम्म क्लबको खर्चले दुई अर्ब ७३ करोड छोएको थियो ।
तर त्यसपछि लिभरपुलले कीर्तिमान रकम १२ करोड ५० लाख पाउन्डमा न्युकासल युनाइटेडबा एलेक्जान्डर इसाक किनेको थियो । यसले समग्र खर्च बढेर तीन अर्ब पाउन्ड पुगेको हो ।
गत सिजनको यही समयको खर्चको तुलनामा अहिलेको रकममा अत्याधिक बढेको छ । गत सिजन यही समयको खर्च एक अर्ब ९६ करोड पाउन्ड मात्रै रहेको थियो ।
अहिले प्रिमियर लिगका क्लबले खर्चेको रकम युरोपका अन्य प्रमुख लिग बुंडेसलिगा, ला लिगा, लिग वान र सिरी ए सबैको जोडेर खर्चेको रकम भन्दा पनि बढी रहेको छ । यसपल्ट सबैभन्दा बढी खर्चिने क्लबमा क्रमशः लिभरपुल, चेल्सी, आर्सनल, न्युकासल युनाइटेड, म्यानचेस्टर युनाइटेड र नटिङघम फरेस्ट रहेका छन् ।
गत सिजन खेलाडी किनबेचमा चुपचाप जस्तै रहेको लिभरपुलले यसपल्ट ठीक विपरित नीति लिएको छ । लिभरपुलले यसपल्ट खेलाडी किन्न ४१ करोड पाउन्ड भन्दा बढी खर्चेको छ । यस्तै उनले आप्mना खेलाडी बेचेर १८ करोड पाउन्ड भन्दा बढी कमाएको पनि छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]