Share on:

नेपालको उपाधि लक्ष्यमा सागोरिका बाधक
July 21st, 2025

काठमाडौं। तीन खेलको प्रतिबन्धपछि मैदान फर्किएकी स्ट्राइकर मोसम्मत सागोरिकाको सानदार प्रदर्शनमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि उचालेको छ।

बंगलादेशको ढाकामा सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाललाई ४-० ले हराउँदै बंगलादेश अपराजित रहँदै उपाधि जितेको हो।

बंगलादेशको जितमा सागोरिका एक्लैले चार गोल गरिन्। 

पहिलो हाफमा १-० ले अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

जितसँगै ६ खेलमा १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बनेको हो। समान खेलमा १२ अंकसहित नेपाल उपविजेतामा सिमित बन्यो।


Swadesh Maharjan | July 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya