Share on:

मिलानको पहिलो जित
August 30th, 2025

एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति नयाँ सिजनको पहिलो जित निकालेको छ । मिलानले लेसेलाई उसकै घरमा २–० ले हराएको हो ।


मिलानका दुवै गोल दोस्रो हाफको मध्यमा सम्भव भएको थियो । रुबेन लोफ्टस चेकले ६६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि क्रिस्टियन पुलिसिचले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।


यो जितपछि सानसिरो क्लबको दुई खेलबाट तीन अंक भएको छ । पछिल्ला साता लिनको आफ्नो पहिलो खेलमा मिलान क्रेमोन्सेसँग निराशाजनक रूपमा पराजित भएको थियो ।


Swadesh Maharjan | August 30th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya