
म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई फाइनलमा १–० ले हराएर एफएकपको उपाधि जितेको छ र यससँगै कप डबलको सफलता चुमेको छ । सिटीले यो सिजन इंग्लिस फुटबलका दुवै कप जितेको छ । यसअघि उसले आर्सनललाई हराएर लिगकप पनि जितेको थियो ।
सिटीको जितमा एन्टोन सिमेन्योले दोस्रो हाफमा गरेको गोल निर्णायक रह्यो । वेम्बलीमा वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे । खेलमाथि सिटीको पूर्ण नियन्त्रण गरेपछि अन्त्यतिर चेल्सी दबाब सिर्जना गर्न सफल रह्यो ।
सिटीका लागि प्रशिक्षकका रूपमा पेप ग्वार्डिओलाले जितेको यो २० औं उपाधि रहेको छ । सिटी इंग्लिस प्रिमियर लिगमा आर्सनलपछि दोस्रो स्थानमा छ र उसको उपाधि जित्ने सम्भावना कायम छ । पूरा सिजन उतारचढावपूर्ण प्रदर्शन गरेको चेल्सीका लागि अहिलेको फाइनल हार बिर्सनलायक रहनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]