Share on:

च्यासल र भगवतीले अंक बाँडे
April 6th, 2025

काठमाडौं। श्री भगवती क्लब र च्यासल युथ क्लब बराबरीमा रोकिएका छन्।

सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा च्यासल र भगवती गोलरहित बराबरीमा रोकिएको हो। दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।

जारी लिगमा भगवतीको यो दोस्रो बराबरी हो। दोस्रो स्थानमा रहेको भगवतीको पाँच खेलबाट १० अंक छ। शीर्ष स्थानको प्लानिङ ब्वाइजको भने १२ अंक छ। यद्यपि, प्लानिङले एक खेल कम खेलेको छ।

च्यासल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा यथावत् छ।


Swadesh Maharjan | April 6th, 2025

Comments

No comments yet.