Share on:

चित्लाङमाथि प्लानिङ ब्वाइजको शानदार पुनरागमन
March 13th, 2026

काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले चित्लाङ एफसीलाई ५–२ गोलले पराजित गरेको हो।


प्लानिङको जितमा पापा इबु केबेले दुई गोल गरे भने एलेक्स विलेनि, निङ्मा गुरुङ र प्रतापसिंह राईले समान एक–एक गोल थपे।


खेलको २२औं मिनेटमा सोलोमो इलिसाबिले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए। उनले नै ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। तर त्यसपछि प्लानिङ ब्वाइजले शानदार पुनरागमन गर्दै लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो।


यस जितसँगै ११ खेलबाट प्लानिङ ब्वाइजले २२ अंक जोडेको छ। समान खेल खेलेको चित्लाङ एफसीको भने ७ अंक मात्रै रहेको छ।


Swadesh Maharjan | March 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya