Share on:

उपाधि होड अब आर्सनलकै हातमा
March 5th, 2026

बुकायो साकाको निर्णायक गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार ब्राइटनलाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा सात अंकको अग्रता लिएको छ । यो नतिजापछि आर्सनलको ३० खेलबाट ६७ अंक भएको छ । म्यानचेस्टर सिटी भने ६० अंकमा दोस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।


अब उपाधि होडमा स्थिति आर्सनलको हातमा आएको छ र उसले च्याम्पियन हुनका लागि अब कम्तीमा अरूको नतिजा कुर्नु पर्ने छैन् । सिटी घरमै नटिंघम फरेस्टको हातबाट २–२ को बराबरीमा रोकिएपछि यो स्थिति तयार भएके हो । म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला समान ५१ अंकमा शीर्ष चारमा छन् ।


त्यसपछि चेल्सी र लिभरपुलको पनि समान ४८ अंक रहेको छ । बुधबारका अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई ४–१ ले हरायो । यस्तै न्युकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ र वेस्ट ह्यामले फुलहमलाई १–० ले नै हरायो । वेस्ट ह्याम अझै २८ अंकमा रेलिगेसनमा क्षेत्रमा रहेको छ, तर फरेस्ट पनि २८ अंकमै छ ।


Swadesh Maharjan | March 5th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya